फेमा FEMA ले घर मर्मत बाहेक अन्य सहायता पनि प्रदान गर्दछ।

Release Date:
अगस्ट 2, 2023

क्यालेडोनिया,चिटेनडेन,लामोइले,अरेन्ज,ओर्लेंस, रुटल्याण्ड, वाशिंगटन, विन्डह्याम र विन्डसोर काउन्टीहरूमा बस्ने भर्मन्ट राज्यका  घरधनीहरू र भाडामा लिनेहरू  जो ७ जुलाई, २०२३  देखि सुरु भएको गम्भीर आँधी, बाढी, पहिरो र माटोको पहिरोबाट प्रभावित भएका थिए र भइराखेका छन फेमा FEMA सहायताको लागि योग्य हुन सक्छन। FEMA ले व्यक्तिगत सम्पत्ति हानि र अन्य योग्य खर्चहरूको लागि अनुदान दिन्छ।

व्यक्तिगत र घरपरिवार कार्यक्रम

फेमा FEMA को व्यक्ति र घरपरिवार कार्यक्रम (IHP) ले जुलाईको गम्भीर आँधी, बाढी, पहिरो र माटो पहिरोको कारणले भएको क्षतिको आवश्यक खर्च र गम्भीर आवश्यकताहरूका लागि  बीमा नगरेका वा कम बीमा गरेका योग्य व्यक्तिहरू र परिवारहरूलाई सहायता प्रदान गर्दछ। यसमा घर मर्मत भन्दा बाहिरको सहायता पनि समावेश छ।

रकम र सहायताका प्रकारहरू तपाईंको भएको खर्चको आधारमा  निर्धारण गरिन्छ, र यसमा निम्न समावेश हुन सक्छ:

  • चिकित्सा र दन्त चिकित्सा सहायता
  • बाल हेरचाह सहायता
  • विविध योग्य वस्तुहरूको लागि सहयोग
  • सार्ने र भण्डारण सहायता
  • दाहसंस्कार सहायता

अन्य प्रकारको सहायता तब मात्र उपलब्ध हुन्छ यदि कुनै आवेदकले अमेरिकी साना ब्यबसाय प्रशासन (SBA) बाट विपद ऋणको लागि आवेदन दिन्छ, र ऋण सहायता प्राप्त हुन्न । आवेदन पुरा गर्नुको मतलब तपाईंले ऋण स्वीकार गर्नुपर्छ भन्ने होइन। उपलब्ध हुन सक्ने थप सहयोगमा निम्न समावेश छन:

  •  व्यक्तिगत सम्पत्ति सहायता
  • यातायात ढुवानी सहायता
  • सामुहिक बाढी बीमा नीति (GFIP)

थप जान्नको लागि फेमा FEMA विशेषज्ञसँग कुरा गर्नुहोस।फेमा FEMA विशेषज्ञहरू फोनद्वारा ८००-६२१-३३६२  मा वा व्यक्तिगत रूपमा प्रकोप पुनर्स्थापन केन्द्रहरुमा उपलब्ध छन्। निकटतम केन्द्र पत्ता लगाउन, यो वेबपेज भ्रमण गर्नुहोस fema.gov/drc.

कार्यक्रमका सामान्य आवश्यकताहरू

 सामान्यतया, आवेदकहरूले आवेदन दिन निम्न सर्तहरू पुरा गर्नुपर्छ::

  • तपाईं वा तपाईंसँग बस्ने कोही अमेरिकी नागरिक, गैर- राष्ट्रिय नागरिक वा योग्य विदेशी हुनुहुन्छ।
  • तपाईंले फेमा FEMA को पहिचान र बसाई प्रमाणीकरण पास गर्नुहुन्छ।
  • तपाईंले घर मर्मत र घर प्रतिस्थापन सहायताको लागि स्वामित्व प्रमाणीकरण पास गर्नुपर्छ।
  • तपाईंको प्राथमिक घर राष्ट्रपतिद्वारा तोकिएको प्रकोप क्षेत्रमा छ र बस्न योग्य छैन वा पहुँचयोग्य छैन।
  • तपाईंसँग या त कुनै बीमा छैन, वा बीमामा दाबी दायर गरेता पनि  यसले तपाईंको सबै घाटाहरू बेहोर्दैन। 

 

फेमा FEMA सहायताको लागि आवेदन दिनको लागि

अनलाइन आवेदन दिनको लागि DisasterAssistance.gov, वा  फेमा मोबाइल एप डाउनलोड गर्नुहोस । फेमा FEMA सहयोग लाइन ८००-६२१-३३६२ मा सम्पर्क गर्न पनि सक्नु हुन्छ। भाषा अनुवादकहरु को व्यवस्था गरिएको छ। भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस। 

सहायताको लागि कसरी आवेदन दिने भन्ने बारे पहुँचयोग्य भिडियोको लागि, यो वेबपेजमा जानुहोस  FEMA Accessible: Three Ways to Register for FEMA Disaster Assistance - YouTube.

पछिल्लो जानकारीको लागि योलिंकमा जानुहोस:  fema.gov/disaster/4720. टुइटरमा फेमा(FEMA) क्षेत्र १ को खातालाई पछ्याउनको लागि twitter.com/FEMARegion1 र फेसबुकमा facebook.com/FEMA. 

भर्मन्ट राज्यको पुनर्स्थापन प्रक्रियाका अद्यावधिक खबरहरूको लागि, भर्मन्ट आपतकालीन व्यवस्थापन एजेन्सीलाई पछ्याउनुहो twitter.com/vemvt टुइटरमा र फेसबुकमा  facebook.com/vermontemergencymanagement

फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा निशुल्क सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।

Tags:
पछिल्लो अपडेट