Vermont भर्मन्टको गम्भीर आँधी, बाढी, पहिरो र माटोपहिरो
घटना अवधि: जुलाई 7, 2023 - जुलाई 17, 2023
घोषणा मिति: जुलाई 14, 2023
सहयोगी लिङ्कहरू
- पुनर्स्थापन स्रोतहरू: राज्य र स्थानीय | राष्ट्रिय
- जोडिनुहोस: सामाजिक संजाल | मोबाइल एप र टेक्स्ट
- २४सै घण्टा परामर्श : प्रकोप संकट हटलाइन
यस पृष्ठमा
यस प्रकोप बारे थप जानकारी
प्रकोप पछि व्यक्ति र परिवारका लागि सहयोग
यदि तपाईंसँग बिमा छ भने, तपाईंले तुरुन्तै आफ्नो बिमा कम्पनीमा दावी दर्ता गर्नुपर्छ।फेमाFEMA सहायताले पहिले नै बिमा बेहोरेको नोक्सानमा मद्दत गर्न सक्दैन।.
प्रकोप सहायताको लागि आवेदन दिनुहोस।
फेमा (FEMA) सहायताको लागि दर्ता गर्न, १ -८०० -६२१ -३३६२ मा फेमा (FEMA) हेल्पलाइनमा कल गर्नुहोस् DisasterAssistance.gov; मा अनलाइन आवेदन अथवा FEMA mobile app डाउनलोड गरि आवेदन दिनुहोस। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस।
आवेदन प्रक्रिया बारे थप जानकारी लिनुहोस
तत्काल मद्दत प्राप्त गर्नुहोस
फेमाले प्रदान गर्न नसक्ने आवश्यकताहरूको लागि मद्दत खोज्नुहोस्। आफ्नो स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूसँग बुझ्नुहोस, स्वयंसेवी संस्थाहरु or by आफ्नो स्थानीय २-१-१ डायल गर्ने.फेमा (FEMA) हेल्पलाइन (८०० -६२१ -३३६२) ले थप सन्दर्भ सहयोगहरू प्रदान गर्न सक्षम हुन सक्छ। यदि तपाइँ भिडियो रिले सेवा, क्याप्शन टेलिफोन सेवा, वा अन्य संचार सेवाहरू प्रयोग गर्नुहुन्छ भने, कृपया फेमा (FEMA) लाई त्यो सेवाको लागि तोकिएको विशेष नम्बर प्रदान गर्नुहोस।
मलाई अमेरिकी साना व्यवसाय प्रशासनलाई सम्पर्क गर्न भनिएको छ
फेमा (FEMA) लाई अमेरिकी साना व्यवसाय प्रशासन (SBA) विपद ऋणहरूद्वारा बेहोरेका निश्चित हानिहरूको लागि विपद सहायता प्रदान गर्न अनुमति छैन। अमेरिकी साना व्यवसाय प्रशासनले प्रकोप नोक्सानमा मद्दत गर्न व्यक्ति र घरपरिवारलाई कम ब्याजमा विपद् ऋण उपलब्ध गराउँछ। फेमा FEMA ले अमेरिकी साना व्यवसाय प्रशासन SBA सँग सहकार्य गरेर तपाइँलाइ व्यक्तिगत सम्पत्ति सहायता, यातायात सहायता, वा समूह बाढी बीमा नीतिको लागि योग्य हुन सक्नुहुन्छ कि भनेर निर्धारण गर्दछ।
यदि अमेरिकी साना व्यवसाय प्रशासन SBA को आय मापदण्डहरू पूरा गर्नुभयो भने फेमा (FEMA) ले तपाईंलाई विपद ऋणको लागि विचार गर्नको लागि स्वत: अमेरिकी साना व्यवसाय प्रशासनमा पठाउनेछ। फेमा (FEMA) ले तपाइँको परिवारको वार्षिक कुल आम्दानी र आश्रितहरूको संख्या प्रयोगगरि तपाइँलाइ SBA मा पठाउनु पर्छ कि भनेर निर्धारण गर्दछ।
यदि तपाईंलाई SBA मा रिफर गरिएको छ भने, FEMA ले तपाईंलाई प्रकोप ऋणको लागि कसरी आवेदन दिने भनेर व्याख्या गर्न अटो डायलर प्रणाली मार्फत सम्पर्क गर्नेछ। तपाईं SBA ऋण वा FEMA सहायताका निश्चित प्रकारका लागि योग्य हुनुहुन्छ कि छैन भन्ने विचार गर्नको लागि ऋण आवेदन फारम पुरा गरी फिर्ता गर्नुपर्छ। तपाईंले SBA ऋण प्रस्ताव स्वीकार गर्नुपर्छ भन्ने छैन।
यद्यपि, यदि तपाइँ SBA ऋणको लागि स्वीकृत हुनुहुन्छ, र तपाइँ यसलाई स्वीकार गर्नुहुन्न भने, तपाइँलाई व्यक्तिगत सम्पत्ति वा यातायात सहायताको लागि FEMA मा फिर्ता पठाइने छैन।
SBA विपद ऋण कार्यक्रमको बारेमा थप जानकारीको लागि, कृपया SBA लाई ८००-६५९ -२९५५ मा कल गर्नुहोस्।(TTY: ८०० -८७७ -८३३९). SBA को थप जानकारीको लागि www.SBA.gov/disaster इमेल गर्नको लागि disastercustomerservice@sba.gov.
SBA ऋणको बारेमा थप जानकारी
मैले सहयोगको लागि आवेदन दिएँ। अब के हुन्छ?
यदी तपाई संग बिमा छ भने
कृपया दावी दर्ता गर्नको लागि सकेसम्म चाँडो आफ्नो बीमा कम्पनीलाई सम्पर्क गर्नुहोस्। FEMA ले तपाईंले आफ्नो बीमा सम्झौता प्राप्त गरेपछि मात्र पैसा उपलब्ध गराउन सक्छ। यदि तपाइँको बीमाले तपाइँको सबै घर मर्मत वा पुनर्निर्माण खर्चहरू बेहोर्दैनभने, FEMA मद्दत गर्न सक्षम हुन सक्छ।
FEMA ले बीमा द्वारा बेहोरिएको खर्च वा अर्को स्रोतबाट प्राप्त लाभहरूको लागि पैसा उपलब्ध गराउन सक्दैन। जब तपाइँ तपाइँको बीमा सम्झौता वा अस्वीकारपत्र प्राप्त गर्नुहुन्छ, कृपया FEMA लाई जतिसक्दो चाँडो एक प्रतिलिपि पठाउनुहोस्।
यदि तपाइँले तपाइँको दावी दर्ता गरेको समय देखि तपाइँको बीमा सम्झौता आउन ३० दिन भन्दा बढी ढिलाइ भयो भने, ८०० -६२१ -३३६२ मा FEMA हेल्पलाइनमा कल गर्नुहोस।
आवेदन पछिको चरणहरू बारे थप जान्नुहोस
यदी तपाई संग बिमा छैन भने
FEMA ले तपाइँको प्रकोपको कारणले भएको नोक्सानी प्रमाणित गर्नेछ। यदि तपाईंले आफ्नो घर वा व्यक्तिगत सम्पत्तिमा क्षति भएको रिपोर्ट गर्नुभयो भने एजेन्सीले तपाईंको घर निरीक्षण गर्ने समय निर्धारण गर्नेछ। वा FEMA ले तपाइँलाई तपाइँको खर्च प्रमाणित गर्न कागजातहरू पठाउन भन्नेछ।
तपाईंले FEMA बाट र्को चरणहरू व्याख्या गर्ने सुचना पत्रहरू या त चिठी वा बिधुतिय पत्राचारद्वारा तपाईंको प्राप्त गर्नुहुनेछ। यदि तपाईंले रिपोर्ट गर्नुभएको हानिको आधारमा आवश्यक भएमा, एक निरीक्षकले तपाईंलाई निरीक्षणको तालिका बनाउन फोन मार्फत सम्पर्क गर्नेछन । यदि तपाईंले कल छुटाउनु भयो भने, तिनीहरूले भ्वाइसमेल सन्देश छोड्नेछन् र तपाईंसँग पुग्न धेरै प्रयास गर्नेछन्। निरीक्षकले मर्मत रसिद वा क्षतिको तस्बिरहरू हेर्न आवश्यक छैन। तर यदि तपाईंले निरीक्षण अघि सफा गर्न थाल्नुभयो भने, FEMA ले तपाईंलाई तस्बिरहरू खिच्न, आफ्नो घाटाको सूची बनाउन, र तपाईंको सबै प्रकोपको कारण भएका खर्चहरूको रसिदहरू राख्न सुझाव दिन्छ।
"विपत्ति पछि मद्दत" ब्रोशरहरू
२७ भाषा म अनुबाद भएको "विपत्ति पछि मद्दत" ब्रोशरहरू व्यक्ति र परिवारहरूलाई विपद पुनर्स्थापनमा सहयोग गर्न उपलब्ध हुन सक्ने FEMA सहायताका प्रकारहरू बुझ्न, मानिसहरूलाई मद्दत गर्न र तपाईंको समुदायमा साझा गर्न सकिने एउटा उपकरण हो।
नागरिकता र FEMA को लागि योग्यता
FEMA अमेरिकी नागरिक, गैर-नागरिक नागरिकहरू र योग्य विदेशीहरू सहित सबै योग्य विपद् पीडितहरूलाई पुन: प्राप्ति गर्न मद्दत गर्न प्रतिबद्ध छ।. थप जानकारीको लागि आवश्यक नागरिकता र आप्रवासन स्थिति संघिय सार्बजनिक सुविधाहरु बारेमा।
आवास सल्लाहकार खोज्नको लागि
अमेरिकी आवास र शहरी विकास विभाग (HUD)ले को राष्ट्रव्यापी नेटवर्कलाई समर्थन प्रदान गर्दछ। आवास परामर्श एजेन्सीहरू (HCAs) र प्रमाणित सल्लाहकारहरू. HUD-सहभागी HCAsहरूलाई हालको र सम्भावित घर मालिकहरू र भाडामा लिनेहरूलाई उपकरणहरू उपलब्ध गराउन स्वीकृत र प्रशिक्षित गरिन्छ ताकि तिनीहरूले आर्थिक अवस्थाको आधारमा आफ्नो आवास आवश्यकताहरू जिम्मेवार रुपमा सम्बोधन गर्न सकुन।
घरको स्वामित्व वा बसोबास प्रमाणित गर्ने
धेरै प्रकारको सहायता प्रदान गर्नु अघि FEMA ले तपाइँ तपाइँको प्राथमिक निवासको रूपमा तपाइँको आवेदनमा रहेको ठेगानामा बस्नुभएको प्रमाणित गर्न आवश्यक छ। FEMA ले घर मर्मत वा घर प्रतिस्थापन सहायता प्रदान गर्नु अघि आफ्नो घरको स्वामित्व प्रमाणित गर्न पनि आवश्यक छ।. यो प्रक्रियाबारे थप जानकारी को लागि .
प्रकोप सहायता प्रक्रियालाई छिटो बनाउन र आवेदकहरूमा बोझ कम गर्ने हाम्रो प्रयासको एक भागको रूपमा, हामी स्वचालित सार्वजनिक अभिलेखमा खोज गरेर बसाई र स्वामित्व प्रमाणित गर्ने प्रयास गर्छौं।
यदि हामीले तपाईंले आफ्नो आवेदनमा सूचीबद्ध गर्नुभएको घरमा तपाईं बस्नुहुन्थ्यो वा तपाईंको स्वामित्वमा छ भनी प्रमाणित गर्न सकेनौं भने, हामी तपाईंलाई सहायताको लागि स्वीकृत भएको छ कि छैन भनेर निर्धारण गर्न मद्दत गर्नको लागि बसाई र/वा स्वामित्व प्रमाणित गर्न कागजातहरू उपलब्ध गराउन अनुरोध गर्नेछौं।.
फैसला बिरुद्ध कसरि पुनरावेदन गर्ने ?
यदि तपाईंले सहायताको लागि स्वीकृत नभएको वा तपाईंको आवेदन अपुर्ण छ भनी पत्र प्राप्त गर्नुभयो भने, तपाईंले अझै पनि आवेदन पुरा गर्न सक्नुहुन्छ वा निर्णय पत्र प्राप्त भएको ६० दिन भित्र निर्णयमा पुनराबेदन गर्न सक्नुहुन्छ। या त तपाईलाई पत्र पठाइनेछ वा तपाईको विपद सहायता केन्द्र खातामा राखिनेछ विपद सहायता केन्द्र यदि तपाईले खाता बनाउनु भएको छ भने।
पुनराबेदन बारे थप जानकारी
प्रायः सोधिने प्रश्नहरू र अफवाहहरू
थप जानकारी को लागिसामान्य प्रकोप सम्बन्धित अफवाहहरू अनि कसरी ठगि उजुरी गर्ने. जवाबहरुको लागि प्रायः सोधिने प्रश्नहरू आपतकालीन आश्रय, विपद सहायता, बाढी बीमा र बारे थप।
बहुभाषीय स्रोतहरू
तपाईंले सामाजिक संजाल ग्राफिक्स मा अंग्रेजी, चिनियाँ, स्पेनिश र भियतनामी सहित विभिन्न भाषाहरूमा महत्त्वपूर्ण सुरक्षा सन्देशहरू फेला पार्न सक्नुहुन्छ।.
हामीसँग अमेरिकी साङ्केतिक भाषा (ASL) मा पनि निम्न बिषयमा भिडियोहरू छन
स्थानीय स्रोतहरू
स्थानीय जानकारी
स्थानीय समाचार र मिडिया
जानुहोस समाचार र मिडिया मा ,घटनाहरू, तथ्य विवरण, प्रेस विज्ञप्तिहरू र अन्य मल्टिमिडिया स्रोतहरूका लागि।
सहयोग कसरी गर्ने
स्वयंसेवा र दान गर्न को लागि
प्रकोप पछि पुन: स्थापना हुन धेरै वर्ष लाग्न सक्छ। नगद, आवश्यक वस्तुहरू वा तपाईंको समय दान गर्ने जस्ता मद्दत गर्ने थुप्रै तरिकाहरू छन. आवश्यक परेकाहरूलाई कसरी मद्दत गर्ने भन्ने बारे थप जान्नुहोस्.
आफै प्रकोपग्रस्त क्षेत्रम नजानुहोस. विश्वसनीय संस्थाहरू प्रभावित क्षेत्रहरूमा जहाँ स्वयंसेवकहरू आवश्यक छन थाहा छ भने र तपाईंसँग उपयुक्त सुरक्षा, प्रशिक्षण र प्रतिक्रिया दिन आवश्यक सीपहरू छन भनी सुनिश्चित गर्न स्थापित संस्थासँग काम गर्नुहोस।
FEMA स्वैच्छिक सम्पर्क एजेन्सी (VALs) प्रकोपमा सक्रिय स्वयंसेवक र सामुदायिक संस्थाहरूसँग सम्बन्ध निर्माण गर्ने समन्वय गर्ने प्रयासहरू गरौ ।
FEMA सँग व्यापार गर्न
यदि तपाइँ प्रकोप राहतको लागि भुक्तानयोग्य सेवाहरू र सामानहरू प्रदान गर्न इच्छुक हुनुहुन्छ भने, हाम्रो यो लिंकम जानुहोस FEMA सँग व्यापार गर्न.
यदि तपाईं भग्नावशेष हटाउने काममा संलग्न व्यवसायको मालिक हुनुहुन्छ र प्रभावित क्षेत्रहरूमा सरसफाइ प्रयासहरूमा काम गर्न चाहनुहुन्छ भने, कृपया आफ्ना सेवाहरू प्रदान गर्न प्रभावित क्षेत्रहरूमा स्थानीय सरकारलाई सम्पर्क गर्नुहोस। .
कोष दायित्वहरू
व्यक्तिगत सहयोग | जम्मा रकम |
---|---|
कुल आवास सहायता (HA) - डलर स्वीकृत | $18,393,573.90 |
कुल अन्य आवश्यकता सहायता (ONA) -स्वीकृत डलर | $1,591,527.61 |
कुल व्यक्तिगत र घरपरिवार कार्यक्रम स्वीकृत डलर | $19,985,101.51 |
व्यक्तिगत सहायता आवेदनहरू स्वीकृत | 3250 |
सार्वजनिक सहायता | जम्मा रकम |
---|---|
Total Public Assistance Grants Dollars Obligated | $79,677.25 |
प्रकोप पुनर्स्थापन केन्द्रहरुको (DRC) सुची
प्रकोप पुनर्स्थापन केन्द्रहरुले फेमा FEMA र अमेरिकी साना ब्यबसायी प्रशासन समन्धी जानकारी प्रकोप पीडितहरूलाई प्रदान गर्दछन। प्रकोप पीडितहरूले संघीय सहायताको लागि आवेदन दिन मद्दत प्राप्त गर्न सक्छन्, उपलब्ध सहायताका प्रकारहरू बारे बताउन सक्छन्, पुनराबेदन प्रक्रियाको बारेमा बताउन सक्छन् र आवेदनहरूमा अद्यावधिक सुचनाहरु दिन सक्छन।.
खोज्नुहोस्स् तपाईको नजिकको प्रकोप पुनर्स्थापन केन्द्रहरु.
Ludlow Community Center
ठेगाना
37 Main St
Ludlow, Vermont 05149
Windsor
Get Directions
DRC खुल्ने समय
सोमबार: | 8:00 AM - 6:00 PM |
मंगलबार: | 8:00 AM - 6:00 PM |
बुधबार: | 8:00 AM - 6:00 PM |
बिहिबार: | 8:00 AM - 6:00 PM |
शुक्रबार: | 8:00 AM - 6:00 PM |
शनिबार: | 9:00 AM - 2:00 PM |
आइतबार: | बन्द |
टिपोटहरु
Soft Opening Hours of Operation 9/19 1:00 - 6:00PM.
Barre Auditorium
ठेगाना
16 Auditorium Hill
Barre, Vermont 05641
Washington
Get Directions
DRC खुल्ने समय
सोमबार: | 8:00 AM - 6:00 PM |
मंगलबार: | 8:00 AM - 6:00 PM |
बुधबार: | 8:00 AM - 6:00 PM |
बिहिबार: | 8:00 AM - 6:00 PM |
शुक्रबार: | 8:00 AM - 6:00 PM |
शनिबार: | 9:00 AM - 2:00 PM |
आइतबार: | बन्द |
टिपोटहरु
Soft opening on 7/26 @1PM.
Waterbury Armory
ठेगाना
294 Armory Drive
Waterbury, Vermont 05676
Washington
Get Directions
DRC खुल्ने समय
सोमबार: | 8:00 AM - 6:00 PM |
मंगलबार: | 8:00 AM - 6:00 PM |
बुधबार: | 8:00 AM - 6:00 PM |
बिहिबार: | 8:00 AM - 6:00 PM |
शुक्रबार: | 8:00 AM - 6:00 PM |
शनिबार: | 9:00 AM - 2:00 PM |
आइतबार: | बन्द |
टिपोटहरु
Soft Opening on 7/21 at 1PM.