स्वयंसेवा र दान

विपत्ति पछि, मानिसहरू सहयोग गर्न एकजुट हुन्छन। तपाईंले  धेरै योगदानहरू बनाउनको लागि, जिम्मेवारीपूर्वक दान र स्वैच्छिक सेवाका लागि दिशानिर्देशहरू पालना गर्नु महत्त्वपूर्ण छ। तलका प्रयास गरिएका र उत्तम अभ्यासहरूले तपाईंलाई सुरुवाती मार्गनिर्देशन दिनेछन। 

तपाईले फेमा FEMA अनुदान एकाइ इमेल गरेर  तपाईंको विशेष प्रश्नहरूको जवाफ अथवा बिसेस दान गर्न सक्नु हुन्छ।

नगद सहयोग उत्तम हुन्छ

आर्थिक योगदान मान्यता प्राप्त प्रकोप राहत संस्थाहरू मा दान गर्ने सबैभन्दा छिटो, सबैभन्दा लचिलो र प्रभावकारी तरिका हो। प्रकोप ग्रस्त इलाकामा रहेका सङ्गठनहरूलाई कुन वस्तुहरू र परिमाणहरू चाहिन्छ भन्ने कुरा थाहा हुन्छ, प्रायः छुटसहित थोकमा खरिद गर्नुहोस् र सम्भव भएमा, आर्थिक पुन:प्राप्तिलाई समर्थन गर्ने विपद भएको ठाउँको  स्थानीय व्यवसायहरू मार्फत खरिद गर्नुहोस।

जिन्सी दानहरू: के, कहाँ र कहिले पुष्टि गर्नुहोस।

दान गरिएका वस्तुहरू चाहिन्छन । यद्यपि, सोचविचार नगरी दान गरिएका सामानहरूले पहिले नै संकटमा परेको समुदायलाई थप बोझ दिन सक्छ। के चाहिन्छ, कहाँ आवश्यक छ भन्ने थाहा पाउनु र सही समयमा त्यहाँ पुग्नु मुख्य कुरा हो। अत्याबश्यक आवश्यकताहरू द्रुत रूपमा परिवर्तन हुन्छन्। सङ्कलन गर्नु अघि, आवश्यकता पुष्टि गर्नुहोस।

  • सबै कुरा आवश्यक हुदैनन। प्रयोग गरिएको कपडा कहिल्यै आवश्यक पर्दैन।. 
  • थोक दान सबै भन्दा राम्रो हुन्छ । एकल वस्तुहरु, क्रमबद्ध, मिलाएर, बक्समा दिदा उत्तम हुन्छ।
  • समय महत्त्वपूर्ण छ। धेरै चाँडो वा धेरै ढिलो राहतले राम्रो असर गर्दैनन।
  • ढुवानी गर्न आवश्यक छ। आवश्यक पर्ने ठाउँमा कसरी सामान पुग्छ? 

स्वयंसेवक को रुप जोडिनुहोस

alert - warning

प्रकोप क्षेत्रहरूमा नबुझी सोझै नजानुहोस।

विश्वसनीय संस्थाहरू प्रभावित क्षेत्रमा सञ्चालित संस्थाहरूलाई स्वयंसेवक  कहाँ आवश्यक छ भन्ने थाहा हुन्छ। प्रकोप र हालको चरणमा निर्भर गर्दै, स्वयंसेवकहरू ,बाँचेकाहरू आफ्नो नयाँ सामान्य अवस्थामा फर्कन सक्ने सुनिश्चित गर्न अत्यन्तै सहयोगी हुन सक्छन। स्थापित गैर-लाभकारी संस्थासँग काम गरेर, उपयुक्त सुरक्षा, प्रशिक्षण र सीपहरू विचार गर्न सकिन्छ।

पुनर्स्थापन मिडियाको ध्यान भन्दा धेरै लामो समय सम्म रहन्छ। प्रकोप पछि धेरै महिना, प्राय: धेरै वर्षसम्म स्वयंसेवकहरुको आवश्यकता हुनेछन्। तपाईंको मद्दत प्राय: विपत्ति पछि लामो समय सम्म आवश्यक हुन सक्छ।

तपाईं कसरी मद्दत गर्न सक्नुहुन्छ

Graphic
An email icon.

यदि तपाईंसँग दान गर्न वस्तुहरू छन्, गैर-नाफामुखी संस्थाको समर्थनमा स्वयंसेवा गर्ने समय, वा नगद दान  र प्रश्नहरू छन् भने,  फेमा FEMA अनुदान एकाइ इमेल गर्नुहोस्।हामी तपाईंलाई मद्दत गर्न, अरूलाई मद्दत गर्न सदा तत्पर छौ।

विश्वसनीय संस्थाहरूको सूची फेला पार्न, दान र अन्य स्रोतहरूमा थप जानकारी लिन विपदमा सक्रिय राष्ट्रिय स्वयंसेवक संस्थाहरु.को भ्रमण गर्नुहोस।

पछिल्लो अपडेट