मार्शल आगलागीसम्बन्धी विपत्ति पुन:निर्माण केन्द्र बुधबार मौसमका कारण ढिलो खुल्नेछ

Release Date Release Number
DR-4634-CO-NR-014

डेनभर - बुधवार, फेब्रुअरी २, मार्शल आगलागी तथा चट्याङ्गका साथको हुन्डरीको क्षतिबाट प्रभावित समुदायका सदस्यहरूलाई सेवा गर्ने विपत्ति पुन:निर्माण केन्द्र (Disaster Recovery Center; DRC) अपेक्षित जाडो मौसमका कारण ढिलो खुल्नेछ । विपत्ति पुन:निर्माण केन्द्र (DRC) बुधबार बिहान ११ बजे खुल्नेछ र साँझ ५ बजेको सधैंको समयमा बन्द हुनेछ ।  

केन्द्रले संघीय विपत्ति सहायताबारे प्रश्नहरू सोध्न अवसर प्रदान गर्छ । फीमा (FEMA), अमेरिकी साना व्यवसाय प्रशासन (U.S. Small Business Administration; SBA) र  अमेरिकी आवास तथा शहरी विकास विभाग (U.S. Department of Housing and Urban Development) का प्रतिनिधिहरूले उपलब्ध सहायता कार्यक्रमहरू र तिनीहरूका लागि कसरी निवेदन दिने र विपत्ति प्रभावितहरूलाई उहाँहरूको पुनःस्थापनाका आवश्यकताहरूका लागि स्रोतहरूसँग सम्बन्ध स्थापना गर्नेबारे व्याख्या गर्न सक्नुहुनेछ ।

सधैं खुल्ने समय-अवधि बिहीबार, फेब्रुअरी ३ मा फेरि शुरू हुनेछ । सेवा समय सोमबारदेखि शनिबार पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म (आइतबार बन्द रहने) ।

विपत्ति पुन:निर्माण केन्द्र (DRC) १७५५ एस. पब्लिक रोड, लाफियट, कोलोराडो (1755 S. Public Road, Lafayette, Colorado) मा छ ।  

विपत्ति पुन:निर्माण केन्द्र (DRC) बाहेक बाउल्डर काउन्टीका भाडावालाहरू तथा घरधनीहरूले निम्न तरिकाहरूले फीमा सहायताका लागि निवेदन दिन वा उहाँहरूको निवेदनको स्थिति जाँच गर्न सक्नुहुन्छ:

  • DisasterAssistance.gov अनलाइनमा गएर ।
  • बिहान ५ बजेदेखि राती ९ बजेसम्म ८००.६२१.३३६२ (800.621.3362) फोन गरेर । फोनमा कुरा गर्ने व्यक्तिहरू धेरै भाषा बोल्ने हुनुहुन्छ । यदि तपाईं भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य जस्ता रिले सेवा प्रयोग गर्नुहुन्छ भने फीमालाई उक्त सेवाका लागि नम्बर दिनुहोस् ।
  • स्मार्टफोन (Smartphone) हरूका लागि बनाइएको फीमा मोबाइल याप (FEMA mobile app) डाउनलोड गरेर ।
Tags:
पछिल्लो अपडेट