जुलाइको भिषण आँधी, बाढी,पहिरो र माटोपहिरोबाट प्रभावित भर्मन्टका बासिन्दाहरूलाई उनीहरूको पुनर्स्थापन सुरु गर्न मद्दत गर्न अगष्ट ९ मा बिहान ८ बजे जमैका(विन्डह्याम WINDHAM काउन्टी) मा प्रकोप पुनर्स्थापन केन्द्र खुल्नेछ। संयुक्त प्रकोप पुनर्स्थापन केन्द्र (DRC), उक्त शहर, भर्मन्ट राज्य र फेमा FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो र यसले प्रकोप बाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ।
सामान्य अवस्थामा सबै केन्द्रहरु: हफ्तामा ७ दिन बिहान ८ देखि बेलुका ७ सम्म खुल्ला रहन्छन।
विन्डह्याम WINDHAM काउन्टीको ठेगाना निम्न छ:
Jamaica Fire Department
4017 VT-30
Jamaica, VT 05343
केन्द्रहरु निम्न ठेगानामा खुली सकेका छन:
Waterbury Armory
294 Armory Drive
Waterbury, VT 05676
ASA Bloomer Building
88 Merchants Row, Suite 330
Rutland, VT 05701
Barre Auditorium
16 Auditorium Hill
Barre, VT 05641
Barton Memorial Building
17 Village Square
Barton, VT 05822
Springfield Health Center
100 River St.
Springfield, VT 05156
- स्प्रिंगफिल्ड केन्द्र अस्थायी रूपमा अगस्ट १० मा साँझ ५ बजे बन्द हुनेछ। ; यो दिनको१ बजे अगस्ट १२ मा पुन: खुल्नेछ।
फेमा FEMA ले प्रकोप पुनर्स्थापन केन्द्रहरूलाई सबैभन्दा बढी आवश्यक भएको ठाउँमा आधारित भएर स्थानान्तरण गर्छ। फेमा FEMA ले ती केन्द्रहरू निर्धारण गर्न राज्य र नगरपालिकासँग साझेदारीमा नजिकबाट काम गर्दछ। जब एक स्थानले आवेदन दर्तामा उल्लेखनीय गिरावट देख्न थाल्छ तब फेमा FEMA र राज्यले नयाँ स्थानहरू समन्वय गर्दछ जहाँ केन्द्रले सहायता आवश्यक परेकाहरूबाट बढी आवेदन प्राप्त गर्न सक्छ।
पुनर्स्थापन केन्द्रहरु अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य छन् र पहुँच र कार्यात्मक आवश्यकताहरूका लागि सहायक प्रविधि उपकरणहरूले सुसज्जित छन्।प्रकोपबाट बचेकाहरूले उचित आवास सुबिधा वा सांकेतिक भाषा अनुवादक चाहेमा ८३३ -२८५ -७४४८ मा कल गर्न सक्छन् (स्पेनिशको लागि २ थिच्नुहोस्)
फेमा(FEMA) सहयोगको आवेदनको लागि तपाईले विपद ब्यबस्थापन केन्द्रहरुमा जानै पर्छ भन्ने छैन।केन्द्रहरुमा नगई आवेदन दिनको लागि फेमाको सहयोगी लाइन ८००-६२१-३३६२ मा सम्पर्क गर्न सक्नु हुन्छ वा DisasterAssistance.gov; मा अनलाइन आवेदन अथवा फेमा FEMA एप . डाउनलोड गरि आवेदन दिनुहोस। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस।संघिय सहयोगको लागि आवेदन दिने अन्तिम म्याद सेप्टेम्बेर १२, २०२३ हो।
फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८ मा टोल-फ्री सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।