घरको स्वामित्व र बसाई कसरी प्रमाणित गर्ने [https://www.fema.gov/ne/fact-sheet/how-document-home-ownership-and-occupancy] Release Date: अगस्ट 7, 2023 विपद सहायता प्रक्रियाको एक भागको रूपमा,फेमा  FEMA ले क्षतिग्रस्त प्राथमिक आवासहरूको स्वामित्व र बसोबास  निर्धारण गर्नुपर्छ। फेमा FEMA लेक्यालेडोनिया, चिटेनडेन, लामोइले , अरेन्ज, अर्लेंस, रुटल्याण्ड , वाशिंगटन, विन्डह्याम  वा विन्डसोर  काउन्टीहरूमा प्रकोपबाट बच्नेहरूलाई जसले जुलाईको चरम आँधी, बाढी, पहिरो रमाटोपहिरोहरूबाट क्षति भोगेका थिए उनीहरुलाई स्वामित्व र बसाई प्रमाणित गर्न सजिलो बनाएको छ।  मालिक रभाडामा लिनेहरूले आवास सहायता र केही प्रकारका अन्य आवश्यकता सहायताहरू प्राप्त गर्नु अघि उनीहरूले प्रकोपबाट क्षतिग्रस्त प्राथमिक निवासमा बसोबास गरेको प्रमाणित गर्नुपर्छ। फेमा FEMA लेअब फराकिलो दायराको  कागजात स्वीकार गर्छ।  घरधनी प्रमाण  घरधनीहरूले विभिन्न आधिकारिक कागजातहरू प्रदान गर्न सक्छन जस्तै: * मौलिक घरधनी पुर्जा , सम्पत्तिमा कब्जा रहेको प्रमाण , वा आधिकारिक लगत; * धितो भुक्तानी पुस्तिका वा अन्य धितो कागजातहरू जस्तै ढिलो भुक्तानी सुचना, धितो सारांश, जमानत(Escrow) विश्लेषण, आदि। * सम्पत्ति कर रसिद वा सम्पत्ति कर बिल; * निर्मित घर प्रमाणपत्र वा सम्पत्ति शीर्षक; * संरचनात्मक सम्पत्ति बीमा दस्तावेज; * घर जग्गा प्रावधान; * घरधनी पुर्जा लागि सम्झौता; * भुमि किस्ता सम्झौता; वा * सम्पति नामसारी  विवरण। थप रूपमा, फेमा FEMA ले अब ठुलो मर्मत वा सुधारका लागि सार्वजनिक अधिकारीको पत्र वा रसिदहरू स्वीकार गर्नेछ। सार्वजनिक अधिकारीको कथन (जस्तै, प्रहरी प्रमुख, मेयर, पोस्टमास्टर) मा आवेदकको नाम, प्रकोपबाट क्षतिग्रस्त निवासको ठेगाना, बसोबास अवधि र प्रमाणीकरण गर्ने अधिकारीको नाम र टेलिफोन नम्बर  समावेश हुनुपर्छ। उत्तराधिकारी सम्पत्तिहरू, मोबाइल घरहरू वा ट्राभल ट्रेलरहरू भएका जोसँग स्वामित्वको परम्परागत कागजातहरू छैनन्, उनीहरूले निम्न कागजातहरू मध्ये कुनै एउटाले अन्तिम उपायको रूपमा स्वामित्वलाई स्व-प्रमाणित गर्न सक्छन।  * घरधनी पुर्जा वा स्वामित्व प्रमाण प्रतिलिपि; * मृत्यु प्रमाणपत्र र इच्छापत्र; * उत्तराधिकारको शपथ पत्र; राज्य वा जनजाति सरकार कानुन संग संगत हुँदा मात्र; * आवेदकलाई सम्पत्तिको उत्तराधिकारको रूपमा दिएको इच्छापत्र  वा वसीयत; * बिक्रि रशिद वा घरधनी पुर्जाको जमानत ; * मृत मालिकको नाममा कर भुक्तानी; वा * सम्पत्तिमा प्रशासकको रुपमा  अदालत नियुक्तिपत्र । अघिल्लो प्रकोपमा पनि  एउटै ठेगाना भएका घर मालिकहरूले एक पटक मात्र स्वामित्व प्रमाणित गर्न आवश्यक छ। फेमा FEMA ले योग्य कागजातहरूको मिति पनि विपद अघिको तीन महिनाबाट एक वर्ष विस्तार गरेको छ। बसोबास घरमालिक र भाडामा लिनेहरूले प्रकोपको समयमा उनीहरूले आवास ओगटेको कागजात पेश गर्नुपर्छ। आवेदकहरूले विभिन्न आधिकारिक बसोबास  कागजातहरू प्रदान गर्न सक्छन्, जस्तै  * पानि,बिजुली,घर तताउने चिस्याउने  बिलहरू; * बैंक वा क्रेडिट कार्ड विवरणहरू; * फोन बिलहरू; * नियोक्ताको कथन; * लिखित पट्टा सम्झौता; * भाडा रसिदहरू; वा      * सरकारी अधिकारीको बयान। फेमा FEMA ले अब यो पनि स्वीकार गर्नेछ: * मोटर वाहन दर्ता; * स्थानीय विद्यालयहरू (सार्वजनिक वा निजी), संघीय वा राज्य लाभ प्रदायकहरू, वा सामाजिक सेवा संस्थाहरूबाट पत्रहरू; * अदालतका  कागजातहरू; * व्यावसायिक वा मोबाइल-होम पार्क मालिकबाट हस्ताक्षर गरिएको कथन; वा * मोबाइल घर वा यात्रा ट्रेलरको लागि स्व-प्रमाणीकरण।   यदि प्रकोपबाट बाँचेकाहरूले दुई वर्षको अवधिमा अघिल्लो प्रकोपबाट फेमा FEMA मा सफलतापुर्वक बसोबास  प्रमाणित गरिसकेका छन् भने, उनीहरूले यसलाई फेरि गर्नु पर्दैन। पछिल्लो जानकारीको लागि यो लिंकमा जानुहोस:  fema.gov/disaster/4720. [https://www.fema.gov/disaster/4720] टुइटरमा फेमा(FEMA) क्षेत्र १को खातालाई पछ्याउनको लागि twitter.com/FEMARegion1 [http://www.twitter.com/FEMARegion1] र फेसबुकमा facebook.com/FEMA. [http://www.facebook.com/FEMARegion1.com] भर्मन्ट राज्यको पुनर्स्थापन प्रक्रियाका अद्यावधिक खबरहरूको लागि, भर्मन्ट आपतकालीन व्यवस्थापन एजेन्सीलाई पछ्याउनुहो twitter.com/vemvt  [http://www.twitter.com/vemvt]टुइटरमा र फेसबुकमा  facebook.com/vermontemergencymanagement [https://m.facebook.com/vermontemergencymanagement/]. फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा निशुल्क सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।