राज्य तथा स्थानीय साझेदारहरूसँगको सहकार्यमा हामी अक्टोबर 12, 2024 अर्थात् शनिवार साँझ 6 बजे वाटरबरीमा विपत् व्यवस्थापन केन्द्र (DRC) बन्द गर्ने छौँ।
यो केन्द्र हाल सोमवारदेखि शनिवारसम्म बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म खुला रहन्छ:
- Waterbury Armory - 294 Armory Drive, Waterbury, VT 05676
वैकल्पिक रूपमा भर्मन्टका मान्छेहरू निम्न ठेगानामा अवस्थित हाल सोमवारदेखि शनिवारसम्म बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म खुला रहने अन्य दुई वटा DRC मा जान सक्छन्:
- Lyndonville Public Safety Facility - 316 Main Street, Lyndon, VT 05851
- Hinesburg Town Hall - 10632 Route 116, Hinesburg, VT 05461
सामान्यतया भ्रमणकर्ताको सङ्ख्या र समुदायका आवश्यकताका आधारमा राज्य तथा स्थानीय साझेदारहरूसँग सहकार्य गरेर यी अस्थायी केन्द्र बन्द हुने समय तय गरिएको हो।
सङ्घीय बिदामा बन्द हुन्छ
भर्मन्टमा रहेका विपत् व्यवस्थापन केन्द्रहरू आदिवासी दिवस र कोलम्बस डेका अवसरमा सोमवार, अक्टोबर 14 का दिन बन्द हुने छन् ती केन्द्रहरू मङ्गलवार, अक्टोबर 15 का दिन सामान्य समयमै फेरि खुल्ने छन्।
- जुलाई महिनाका दुवै आँधिबेहरीबाट प्रभावित भर्मन्टका मान्छेहरू FEMA तथा सं. रा. अमेरिकाको लघु व्यवसाय प्रशासनबाट प्रत्यक्ष मद्दत प्राप्त गर्नका निम्ति विपत् व्यवस्थापन केन्द्रमा जान सक्छन्। सबैभन्दा अप-टू-डेट लोकेसन तथा समयका लागि fema.gov/drc मा जानुहोस्।
- कुनै केन्द्रमा जान नपर्ने गरी आवेदन दिन मिल्ने अन्य तीन वटा तरिका छन्:
- DisasterAssistance.gov मा अनलाइन जानुहोस्।
- FEMA हेल्पलाइन 800-621-3362 मा कल गर्नुहोस्।
- FEMA मोबाइल एप डाउनलोड गर्नुहोस्।