आइल्यान्ड पोन्डको विपत् व्यवस्थापन केन्द्र अक्टोबर 12 देखि बन्द हुन्छ, न्युपोर्टमा अक्टोबर 16 देखि नयाँ DRC खुल्छ

Release Date Release Number
016
Release Date:
अक्टोबर 11, 2024

राज्य तथा स्थानीय साझेदारहरूसँगको सहकार्यमा हामी अक्टोबर 12, 2024 अर्थात् शनिवार साँझ 6 बजे आइल्यान्ड पोन्डमा विपत् व्यवस्थापन केन्द्र (DRC) बन्द गर्ने छौँ। 

यो केन्द्र हाल सोमवारदेखि शनिवारसम्म बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म खुला रहन्छ:

  • Brighton Town Hall Gym - 49 Mill Street, Island Pond, VT 05846

सामान्यतया भ्रमणकर्ताको सङ्ख्या र समुदायका आवश्यकताका आधारमा राज्य तथा स्थानीय साझेदारहरूसँग सहकार्य गरेर यी अस्थायी केन्द्र बन्द हुने समय तय गरिएको हो।

न्युपोर्टमा नयाँ DRC बुधवार, अक्टोबर 16, 2024 देखि खुल्ने गरी तयारी गरिएको छ। अक्टोबर 16 देखि निम्न ठेगानामा अवस्थित यो नयाँ केन्द्र सोमवारदेखि शनिवारसम्म बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म खुल्ने छ:

  • Newport City Municipal Building - 222 Main Street, Newport, VT 05855

सङ्घीय बिदामा बन्द हुन्छ

भर्मन्टमा रहेका विपत् व्यवस्थापन केन्द्रहरू आदिवासी दिवस र कोलम्बस डेका अवसरमा सोमवार, अक्टोबर 14 का दिन बन्द हुने छन्। ती केन्द्रहरू मङ्गलवार, अक्टोबर 15 का दिन सामान्य समयमै फेरि खुल्ने छन्।

जुलाई महिनाका दुवै आँधिबेहरीबाट प्रभावित भर्मन्टका मान्छेहरू FEMA तथा सं. रा. अमेरिकाको लघु व्यवसाय प्रशासनबाट प्रत्यक्ष मद्दत प्राप्त गर्नका निम्ति विपत् व्यवस्थापन केन्द्रमा जान सक्छन्। सबैभन्दा अप-टू-डेट लोकेसन तथा समयका लागि fema.gov/drc मा जानुहोस्। 

कुनै केन्द्रमा जान नपर्ने गरी आवेदन दिन मिल्ने अन्य तीन वटा तरिका छन्

Tags:
पछिल्लो अपडेट