डेनभर – विपत्तिपछी खाँचो परेकाहरूलाई सहयोग गर्ने स्वतःस्फूर्त इच्छा हुनु स्वभाविक हो । विपत्तिबाट खेपेकाहरूका लागि, यो एउटा चापको समय हो र सहायताका लागि कहाँ जाने भनेर जान्न गाह्रो हुनसक्छ । विपत्ति राहत प्रयासहरूलाई सघाउन आफ्नो समय वा नगद दिन चाहनेहरूका साथै बाउल्डर काउन्टी (Boulder County) को आगलागी र आँधीबेहरीको क्षति भोगेका तथा सहायताको खाँचो परेकाहरूका निम्ति यहाँ केही सुझावहरू छन् ।
मद्दत लिँदा
मार्शल आगलागी (Marshall Fire) तथा चट्याङ्गका साथको हुन्डरीको क्षतिका घटनाहरूपछि आफ्नो व्यक्तिगत जेथा पूर्ति गर्ने उपायको खोजी गर्दा ठगीहरूबारे सचेत हुन महत्त्वपूर्ण हुन्छ, जुन ठगीहरू विपत्तिबाट बचेकाहरूलाई लक्षित गर्न सकिन्छ । ठगीका प्रयासहरू व्यक्तिगत रूपमा, फोनमा, चिट्ठी-पत्र वा इमेलबाट वा फोनमा पठाउने सन्देशमार्फत गर्न सकिन्छ । धर्मादा दानसमेत दिने तर त्यो भन्दा पहिले त्यसको सट्टामा रकम-भुक्तानी गर्नुहोस् भनी अनुरोध गर्ने अप्रत्याशित प्रस्तावहरूप्रति सचेत रहनुहोस् ।
यदि तपाईंलाई नचिनेको कसैले सम्भावित सहयोगको प्रस्ताव गरिरहेको छ भने सधैं उहाँको परिचय हेर्न अनुरोध गर्नुहोस् । स्थानीय, राज्य र संघीय अधिकारीहरूले तपाईंहरूको क्षतिपूर्ति सेवाहरूका लागि कहिल्यै नगद पाउँ भन्ने अनुरोध गर्नुहुन्न र सधैं परिचय भएका बिल्लाहरू बोक्नुहुन्छ । फीमा (FEMA), अमेरिकी साना व्यवसाय प्रशासन (U.S. Small Business Administration; SBA) वा राज्य तथा स्थानीय सरकारहरूबाट सहायताका लागि आवेदन दिन वा उक्त सहायता पाउन कहिल्यै शुल्क लाग्दैन । त्यसैगरी, सहयोग प्रदान गर्ने स्वयंसेवकहरू उहाँहरू नै हो जसले सहायता दिने दाबी गरेको छ भन् पक्का गर्नुहोस् । सच्चा धर्मादा समूहहरूले परिचय उपलब्ध गराउने छन् र आफूले सेवाहरू दिएबापत नगद माग्दैनन् ।
यदि तपाईंलाई आफू बिमा ठगीको शिकार भएँ भन्ने लाग्छ भने यसलाई तुरून्तै स्थानीय कानुन कार्यान्वयन निकायमा उजुरी गर्नुहोस् वा बिमा उपभोक्ता सेवा समूह (Insurance Consumer Services Team) को कोलोराडो शाखालाई फोन ३०३.८०४.७४९० (303.804.7490) वा ८००.९३०.३७४५ (800.930.3745) मा सम्पर्क गर्नुहोस्, ठगी उजुरी दर्ता गर्न DORA.Insurance@state.co.us जानुहोस् । अरू खाले ठगीका लागि https://stopfraudcolorado.gov/ मा वा फोन ८००.२२२.४४४४ (800.222.4444) मा फोन गरेर कोलोराडोका महान्यायाधिवक्ताको कार्यालयको सम्पर्कमा आउनुहोस् ।
यदि तपाईंलाई फीमाको नाम जोडेर जालसाजी कृत्य भएको शंका लाग्छ भने तपाईं यसलाई StopFEMAFraud@fema.dhs.gov मा इमेल गरेर, फ्याक्सद्वारा २०२.२१२.४९२६ (202.212.4926), वा निम्न ठेगानामा लेखेर: FEMA Fraud and Internal Investigation Division, 400 C Street SW Mail Stop 3005, Washington, DC 20472-3005 फीमा ठगी शाखामा उजुरी गर्न सक्नुहुन्छ ।
यदि परिचयसम्बन्धी जानकारी चोरिएको शंका लागेको छ भने www.identitytheft.gov मा जानुहोस् ।
मद्दत दिँदा
धेरै मानिसहरू नगद दान, भौतिक दान, र स्वयंसेवामार्फत विपत्ति-प्रभावित समुदायका सदस्यहरूलाई सहायता गर्न चाहनुहुन्छ । आफूले सहायता दिइरहेको संस्था वा निकायलाई यथानियम छ वा छैन भनी पक्का गर्न सहायता प्रस्ताव गर्न खोजिरहेका मानिसहरूले अनुसन्धान गर्नु महत्त्वपूर्ण हुन्छ ।
बेटर बिजिनेस ब्यूरो (Better Business Bureau) को वाइज गिभिङ्ग अलायन्स (Wise Giving Alliance) द्वारा अनुमोदित प्रतिष्ठित धर्मादा संस्थाहरूको सूची www.give.org मा उपलब्ध छ । उक्त अलायन्सले सल्लाह दिएको छ, "अप्रत्याशित इमेलहरूको उत्तर नफार्काउनुहोस्, टेलिफोनबाट अनिच्छित रूपमा विज्ञापन गर्नेहरूलाई ख्याल गर्नुहोस् र उस्तै नामहरू प्रयोग गरेर साँच्चैको जस्तो लाग्ने नक्कली धर्मादा संस्थाहरूप्रति चासो दिनुहोस् ।" विपत्तिमा सक्रिय कोलोराडो राज्य तथा कोलोराडोका ऐच्छिक संस्थाहरूले मार्शल आगलागीका पीडितहरूका लागि सहयोग प्रदान गर्ने संस्थाहरूको सूची रूजु गरेका छन् । उक्त सूची संस्थाहरूको वेबसाइट https://www.coloradoresponds.org/donate-to-an-agency.html मा खोज्नुहोस् ।
बाउल्डर काउन्टीले सामग्रीहरू दान दिन खोज्ने मानिसहरूका लागि प्लेटफर्म स्थापना गरेको छ: https://dart-co.communityos.org/
धर्मादा दानसम्बन्धी ठगीहरूलाई कसरी टार्ने भन्नेबारे थप जानकारीका लागि संघीय व्यापार आयोग (Federal Trade Commission) को वेबसाइट http://www.consumer.ftc.gov/features/scam-alerts मा जानुहोस् ।