राष्ट्रपतिको प्रकोप घोषणा पछि फेमा FEMA ले दुई प्रकारको सहायता प्रदान गर्न सक्छ: व्यक्तिगत सहायता र सार्वजनिक सहायता। दुई कार्यक्रमहरू एकअर्काबाट स्वतन्त्र र फरक फरक कोषबाट संचालित छन र विभिन्न तरिकामा व्यक्ति र समुदायलाई फाइदा पुर्याउने उद्देश्यका छन।
व्यक्तिगत सहायता
व्यक्तिगत सहायता(IA)बीमा नगरिएका वा कम बीमित आवश्यक खर्च र गम्भीर आवश्यकता भएकाहरूलाई सहयोग गर्न प्रत्यक्ष रूपमा प्रकोपबाट बाँचेकाहरूलाई फाइदा गर्दछ ।सहायता भनेको घरलाई सुरक्षित, सफा र बस्न लायक अवस्थामा मा फर्काउनु हो। कृपया ध्यान दिनुहोस्, संघीय सहायताले बीमा जस्ता अन्य स्रोतहरूबाट उपलब्ध गराइएका फाइदाहरूको नक्कल गर्न सक्दैन र प्रकोपबाट हुने सबै हानिको लागि तिर्न सक्दैन।
व्यक्तिगत सहायता कार्यक्रम मार्फत,फेमा FEMA ले योग्य व्यक्ति र परिवारहरूलाई विभिन्न प्रकारको आर्थिक र प्रत्यक्ष सहायता प्रदान गर्दछ। यसमा समावेश हुन सक्छ, तर सीमित छैन:
- आबास सहायता
आवेदकलाई प्रकोपले क्षतिग्रस्त प्राथमिक निवासबाट विस्थापित हुँदा वैकल्पिक आवास भाडामा लिन भाडा सहायता। भाडा सहयोग मार्फत घर, अपार्टमेन्ट, निर्मित घर, मनोरञ्जन वाहन, वा अन्य सजिलै संग निर्मित आवास भाडामा प्रयोग गर्न सकिन्छ।
होटल, मोटेल, वा अन्य अल्पकालीन बसोबासको लागि आवास खर्च प्रतिपूर्ति जब आवेदक प्रकोपले क्षतिग्रस्त प्राथमिक निवासबाट विस्थापित भएको छ।
घरमालिकले प्रयोग गरेको, प्रकोपले क्षतिग्रस्त प्राथमिक निवासलाई सुरक्षित र सफा अवस्थामा पुनर्स्थापना गर्न मद्दत गर्न घर मर्मत सहयोग।
घरमालिकहरूलाई प्रकोपबाट नष्ट भएको बेलामा मालिकले ओगटेको प्राथमिक निवास प्रतिस्थापन गर्न मद्दत गर्न प्रतिस्थापन सहायता।
अन्य आवश्यक सहयोग (ONA)
फेमा FEMA को अन्य आवश्यकता सहायताले बीमा नगरिएको र कम बीमा गरिएको व्यक्तिगत सम्पत्तिको हानि, प्रकोपबाट हुने चिकित्सा र दन्त उपचार खर्च र अन्य गम्भीर प्रकोप-सम्बन्धित लागतहरूको लागि आर्थिक सहायता प्रदान गर्दछ। यस वर्गमा केही प्रकारका सहायताहरू मात्र प्रदान गर्न सकिन्छ यदि प्रकोप बाट बाँचेकाहरू अमेरिकी साना ब्यबसाय प्रशासन (SBA)मा रिफर गरिएको छैन बाट प्रकोप ऋणको लागि योग्य छैनन।
अतिरिक्त कार्यक्रमहरु जस्तै संकट परामर्श, आपद कानुनी सेवा, र आपद बेरोजगारी सहायता जस्ता थप कार्यक्रमहरू पनि उपलब्ध हुन सक्छन।. फेमा FEMA का त्यस्ता व्यक्तिगत सहायता कार्यक्रम बारे थप जान्न यो वेबपेज मा जानुहोस। fema.gov/assistance/individual.
सार्वजनिक सहयोग
फेमा FEMA को सार्वजनिक सहयोग (PA)कार्यक्रमले राज्य, जनजाति, प्रादेशिक र स्थानीय सरकारहरूलाई पुरक अनुदानहरू प्रदान गर्दछ, र केही प्रकारका निजी गैर-नाफामुलक कार्यक्रमहरु प्रदान गर्दछ ताकि समुदायहरूले चाँडै प्रतिक्रिया दिन र प्रमुख प्रकोप वा आपतकालिन अवस्थाहरूबाट पुनर्स्थापना गर्न सकुन।
आँधी, तुफान, भुकम्प वा जङ्गली आगो जस्ता घटना पछि, समुदायहरूलाइ भग्नावशेष हटाउन, जीवन बचाउने आपतकालीन सुरक्षात्मक उपायहरू र सार्वजनिक पुर्वाधार पुनर्स्थापनाको लागि आफ्नो लागतहरू भर्पाइ गर्न मद्दत चाहिन्छ।
फेमा FEMA ले पुनर्स्थापन प्रक्रियाको क्रममा जोखिम न्युनिकरण उपायहरूको लागि रकम उपलब्ध गराएर यी क्षतिग्रस्त सम्पदाहरूलाई भविष्यका घटनाहरूबाट जोगाउन प्रोत्साहन गर्छ।
संघीय कोष सामान्यतया योग्य लागतहरूको 75% को लागत-साझेदारी आधारमा उपलब्ध हुन्छ र प्राप्तकर्ताले कसरी गैर-संघीय साझेदारी (२५% सम्म) उप-प्रापकहरू (अर्थात, योग्य आवेदकहरू) सँग विभाजित हुन्छ भनेर निर्धारण गर्दछ। केही अवस्थामा, संघीय लागत साझेदारी बढाउन सकिन्छ।
- सार्वजनिक सहयोग PA कार्यक्रम मार्फत, फेमा FEMA ले मुख्यतया दुई प्रकारको सहायता प्रदान गर्दछ:
- आपतकालीन सुरक्षात्मक उपायहरू अपनाउन र भग्नावशेष हटाउन (आपतकालीन कार्य) को लागि अनुदान।
तोकिएका क्षेत्रहरूमा सडक, कल्भर्ट, पुल, उपयोगि सामाग्रीहरु, सार्वजनिक भवन र पार्क जस्ता क्षतिग्रस्त सम्पदाहरूको स्थायी पुनर्स्थापनाको लागि लागत-प्रभावी र जोखिम न्युनिकरण सहित सम्पदाहरूलाई भविष्यमा हुने क्षतिबाट जोगाउन अनुदान (स्थायी कार्य)।
- केही अनुदान रकम प्रशासनिक कार्यमा खर्छ हुन सक्छ।
अनुदानहरू सरकारी निकायहरू र केही निजी गैर-नाफामुखी संस्थाहरूलाई प्रदान गरिएता पनि , सार्वजनिक सहायता कार्यक्रमले सबैलाई फाइदा पुर्याउने उद्देश्य राखेको हुन्छ —जस्तै छिमेकहरू, सहरहरू, काउन्टीहरू र राज्यहरू।
फेमा FEMA को सार्वजनिक सहयोग कार्यक्रमको बारेमा थप जानकारी लिन यो वेबपेजमा जानुहोस fema.gov/assistance/public.