यस पृष्ठको जानकारीले मार्च 22, 2024 मा वा त्यसपछि घोषणा गरिएको प्रकोपहरूको लागि व्यक्तिगत सहायता अद्यावधिकहरू प्रतिबिम्बित गर्दैन।
अहिले के उपलब्ध छ भन्नेबारे थप जान्नुहोस्।
आफ्नो प्राथमिक निवासमा क्षति भएका प्रकोप पीडितहरू फेमा FEMA आश्रय र आवास सहायताको लागि योग्य हुन सक्छन।
भाडा सहायता
संक्रमणकालीन आश्रय सहायता
घर मर्मत / प्रतिस्थापन
प्रत्यक्ष अस्थायी आवास
भाडा सहायता
आफ्नो घर मर्मत गरिएको बेला वा स्थायी आवास सुरक्षित नगरेसम्म अस्थायी रूपमा बस्नको लागि ठाउँ चाहिने योग्य पिडितहरूका लागि कोषहरू उपलब्ध हुन सक्छन।
को योग्य हुनसक्छ?
जो प्रकोपबाट बचेको छ:
- जसको घर विपद्का कारण बस्नै नसक्ने भएको छ
- जो स्थानान्तरण गर्न सहमत छन
- जसको आवास सुबिधा बीमाले बेहोरेको छैन
संक्रमणकालीन आश्रय सहायता
यदि प्रकोपको लागि स्वीकृत भएमा, फेमा FEMA ले योग्य प्रकोपबाट बाँचेकाहरूलाई सहभागी होटलहरू प्रयोग गरेर अस्थायी आश्रय प्रदान गर्न सक्छ।
को योग्य हुनसक्छ?
जो प्रकोपबाट बचेको छ:
- जो विस्थापित छन् र आपतकालीन आश्रय स्थानहरूमा शरण लिइरहेका छन
- जसको घर विपद्का कारण बस्नै नसक्ने भएको छ
यदी तपाइले सहयोग को लागि आवेदन दिनु भएको छैन भने, आवेदन दिन सिक्नुहोस ..
यदि तपाईंले फेमा FEMA प्रकोप सहायता आवेदन पूरा गर्नुभएको छ भने, तपाईंलाई संक्रमणकालीन आश्रय सहायता (TSA) का लागि विचार गरिनेछ यदि कार्यक्रम तपाईंको राज्य, क्षेत्र, वा आदिवासी सरकारले स्वीकृत गरेको छ र यदि तपाईं कार्यक्रमको लागि योग्य हुनुहुन्छ भने फेमा FEMA ले तपाईंलाई सुचित गर्नेछ।
घर मर्मत / प्रतिस्थापन
योग्य घर मालिकहरूलाई पुनर्निर्माण वा आधारभूत मर्मत गर्नको लागि आर्थिक सहायता उपलब्ध हुन सक्छ ताकि तिनीहरूको घर सुरक्षित, सफा र कार्यात्मक राख्न सकुन।
को योग्य हुनसक्छ?
घर मालिकहरू
- जसको प्राथमिक निवास फेमा FEMA निरीक्षण पछि बस्न योग्य छैन भनेर निर्धारण गरिएको छ
- जसको आवास सुबिधा बीमाले बेहोरेको छैन
प्रत्यक्ष अस्थायी आवास
यस प्रकारको सहायताले योग्य प्रकोप बाट बाँचेकाहरूलाई फेमा FEMA द्वारा जारी अस्थायी यातायात योग्य आवास एकाइहरूको अस्थायी प्रयोग गर्न प्रदान गरिन्छ।
को योग्य हुनसक्छ?
जो प्रकोपबाट बचेको छ:
- जसको प्राथमिक निवास विपद्का कारण बस्नै नसक्ने भएको छ
- जसको स्रोतहरूको कमीको कारणले उचित आवागमन दुरीमा कुनै व्यावहारिक अस्थायी आवास विकल्पहरू उपलब्ध छैनन।